नेपाल स्टक एक्चेन्ज (नेप्से) फेरि ओरालो लागेको छ। दुई दिन सम्म सामान्य सुधार देखिएको नेप्से बुधबार पुनः २.७८ अंकले घटेर १२५८.२९ अंकमा रोकिएको छ । मंगलबाट नेप्से सामान्य सुधार हुँदै १२६१ अंकमा पुगेको थियो ।
यस्तै, ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सुचक पनि ०.६३ अंकले घटेर २७०.८१ अंकमा पुगेको छ ।
बुधबार १६७ कम्पनीको १४ लाख १३ हजार ३ सय ५७ कित्ता सेयर किनबेच हुदाँ ५७ करोड १ लाख २३ हजार भन्दा बढीको कारोबार भयो । मंगलबार भने ३६ करोड ४७ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।
आज, ट्रेडिङ २.५३, होटल ०.६, म्युचुअल फण्ड ०.०२ र अन्य उपसूचक ०.४६ प्रतिशतले बढे भने अन्य सबै उपसूचक ओरालो लागे ।
दिनभरिको कारोबारमा सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको लिमिटेडको सेयर सबैभन्दा बढी १९ करोड ४२ लाख ७३ हजार रुपैयाँको किनबेच भयो । त्यसपछि नेपाल बैंक लिमिटेडको सेयर ४ करोड १९ लाख ७४ हजार रुपैयाँको कारोबार भएको थियो ।