नेप्से परिसूचक साताको अन्तिम दिन बिहिबार १.१४ अंकले घटेर बन्द भएको छ। यो सँगै हप्ता भरिमा नेप्से ७.२ अंकले घटेको हो। अघिल्लो हप्ता १२६४ अंकमा पुगेको नेप्से यो हप्ता भने १२५७.१५ अंकमा झरेर रोकिएको छ।
बिहीबार परिसूचक ओरालो लागे पनि कारोबार रकम भने बढेको छ । बुधबार५७ कारोडको सेयर कारोबार भएकोमा बिहीबार ६२ करोड ७९ लाख ८ हजारको कारोबार भयो।
बिहीबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक भने ०.३५ अंकले बढेर २७१.१६ अंकमा पुग्यो । बिहिबार दिनभरिमा १७२ कम्पनीको १८ लाख ५४ हजार ६७६ कित्ता सेयर किनबेच भयो।
हप्ताको अन्तिम दिन उपसूचकहरुपनि मिश्रित देखिएको छ। आज सबैभन्दा बढी होटल समूहको नेप्से १८.०८ अंकले बढेको छ। यस्तै, बैंकिङ ०.७२, फाइनान्स ३.४३ अंक तथा अन्य उपसूचक २.७१ अंकले बढेको छ।
यी बाहेक अन्य सबै उपसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै निर्जीवन बीमाको सुचक १०१.३५ तथा जीवन बीमा सूचक २२.७४ अंकले घट्यो । सबैभन्दा बढी हिमालय डिस्टिलरी लिमिटेडको १४ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको बिहिबार तयसपछि नेपाल बैंक लिमिटेडको ५ करोड ६५ लाख ५५ हजारको सेयर किनबेच भयो।