सिद्धार्थ बैंकले ‘रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्ट'लार्ई दुई लाख पचास हजार सात सय पच्चीस रुपैयाँ सहयोग गरेको छ।
बैंकका अनुसार ट्रस्ट गैर सरकारी संगठनसँग संग्लग्न भई बिभिन्न जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारका लागि कार्यरत छ।
सो रकम ट्रस्टले १६ जना महिला विद्यार्थीहरूको शिक्षाका लागि प्रयोग गर्ने बैंकले बताएको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त ट्रस्टलार्ई रकम हस्तान्तरण गरे।
बैंकले १५६ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १७२ एटिएम र १३ सय बढी पिओएस मेसिनमार्फत् बैंकिङ कारोबार गर्दै आएको छ।