आइएमई पे मोबाइल वालेट एपले ‘डिल्स’नामक नयाँ फिचर ल्याएको छ।
यसबाट आइएमई वालेट एप चलाउनेले विभिन्न रेस्टुरेन्ट वा पसलका छुट अफरहरू प्राप्त गर्न सक्ने छन्। वालेटका अनुसार आइएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ ।सेवाग्राहीले आइएमई, आइएमई पे एजेन्ट, आफ्नो बैंकबाट सिधै र एप चलाउने साथीबाट मोबाइल वालेटमा पैसा हाल्न सकिने छ।
काठमाडौँ र पोखराका विभिन्न रेस्टुरेन्टहरूमा हाल डिल्स सेवा अन्तर्गत् विभिन्न छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।