नेपाल स्कटक एक्चेन्ज (नेप्से) मा मंगलबार सामान्य देखिएको छ।
लगातार घटिरहेको नेप्से आज २.९२ अंकले सुधार हँुदै १२५०.२७ अंकमा पुगेर बन्द भयो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचकमा पनि ०.२७ अंकले सुधार हुँदै २६९.०६ अंकमा पुगेको छ । १६५ कम्पनीको १६ लाख ७ हजार ६ सय ७२ कित्ता शेयर किनबेच हुँदा ४६ करोड ८२ लाखको कारोबार भएको छ ।
सबैभन्दा बढी कारोबार नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ६ करोड २ लाख रुपैयाँ बराबरको भयो । त्यसपछि लक्ष्मी बैंकको कारोबार ४ करोड १३ लाख बराबरको भयो ।
दिनभरिको कारोबारमा इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी कमाए भने त्यसपछि मल्टिपर्पाेच फाइनान्स कम्पनीका लगानीकर्ताले कमाए।
आजै सबैभन्दा बढी गुमाउनेमा सर्पाेट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् भने त्यसपछि समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् ।
बजार खुलेदेखि उतार चढावमा रहेको नेप्से अन्तमा सामान्य सुधार देखिएको थियो।
आज होटल ५.६४, निर्जीवन बीमा ३७.०५, माइक्रोफाइनान्स ०.४१ र म्युचुअल फन्ड ०.०१ अंकले घट्नु बाहेक अन्य सबै उपसूचकहरु बढेका छन् । सबैभन्दा बढी जीवन बीमाको सूचक २४.१२ अंकले सुधार भयो।
पछिल्लो समम बढीरहेको बैंकिङ क्षेत्रको कारोबार भने कायमै छ। मर्जरको चर्चासँगै बढीरहेको पछिल्लो समय सबैभन्दा बढी कारोबार हुनेमा अधिकाशं बाणिज्य बैंकनै छन्।