राष्ट्रिय बीमा कम्पनी र मुक्तिनाथ विकास बैंकबीच आपसका ब्यवसाय आदान प्रदान गर्ने सम्झौता गरिएको छ।
सम्झौता अनुरुप कम्पनीले बैंक सम्बन्धी कार्य गर्नको लागि मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने छ। बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बीमागर्दा राष्ट्रिय बीमा कम्पनीलाई प्राथमिकता दिने छ।
सम्झौतामा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डाक्टर डिल्लीराज अर्याल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे। मुक्तिनाथ विकास बैंकले देशैभरी ११९ शाखा, २५ वटा एटिएमबाट बैंकिङ कारोबार गर्दै आएको छ।