असार लागेपछि तीन सातामा वाणिज्य बैंकहरुमा ३४ अर्बले निक्षेप बढेको छ।
जेठ ३१ गतेसम्म कुल २७ खर्ब ५९ अर्ब निक्षेप संकलन भएकोमा असार २० गतेसम्म २७ खर्ब ९३ अर्ब निक्षेप संकलन भएको छ।
निक्षेप ३४ अर्ब बढ्दा सोही अवधिमा कर्जा प्रवाह भने जम्मा ८ अर्बले बढेको छ।
जेठ ३१ सम्म २४ खर्ब ६८ अर्ब कर्जा प्रवाह भएकोमा असार २० गतेसम्म २४ खर्ब ७६ अर्ब पुगेको छ। असार लागेसँगै पुँजीगत खर्च बढ्दा बैंकहरुमा निक्षेप बढेको हो।