मुक्तिनाथ विकास बैंक र ओम समाज डेण्टल हस्पिटल चाबहिलबीच सम्झौता भएको छ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकले डेण्टल अस्पताल, चाबहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने छन्।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र हस्पिटलका अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरे।
बैंकका देशैभरी ११९ शाखा, २५ एटिएम छन्।