नबिल बैंकले मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ।
आफ्नो ३५ औं वार्षिक उत्सवको अवसरमा वातावरण संरक्षण गरी हरियाली कायम गर्न कार्यक्रम आयोजना गरेको बैंकको भनाइ छ।
बैंकको ३० औँ वार्षिकोत्सवदेखि यस क्षेत्रमा बृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको हो। त्यसपछि बैंकले यस क्षेत्रमा नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरस˚ाइ तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गर्दैआएको छ।