माछापुच्छ्र्रे बैंकले ‘माछापुच्छ्रे स्मार्ट बचत खाता’मा १४ लाख १० हजार रुपैयाँ बराबरको बीमा सुविधा थप गरेको छ।
बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख तथा अस्पताल भर्नामा १ लाख रुपैयाँ सम्मको उपचार खर्च प्रदानगर्नेछ भने वार्षिक रुपमा १० हजार सम्मको औषधी खर्चसमेत उपलब्ध गराउनेछ।
माछापुच्छ्रे बैंकले १ बर्ष अगाडि बिमा सुविधा, औषधि उपचार खर्च, अस्पताल भर्ना लगायतका बिभिन्न विशेषताहरुको साथमा सुरु गरेको स्मार्ट बचत खाताप्रति ग्राहकहरुमा बढ्दै गएको आकर्षणलाई लक्षितगरि उक्त बचत खातामाविषेशताहरु थप गरेको बैंकको भनाइ छ।
बैंकका अनुसार ५ हजार रुपैयाँ न्यूनतम मौज्दातमै खोल्न मिल्ने माछापुच्छ्रे बैंकको स्मार्ट बचत खाताको बीमा सुविधाअन्तर्गत विभिन्न समयमा ग्राहकहरुले बीमा रकमप्राप्त गरिसकेका छ्न। जसअन्र्तगतबैंकले हालसम्म ११५ जनाभन्दा बढी ग्राहकलाई बीमा रकम प्रदान गरिसकेको छ।