सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।०७६ मा प्रथम बीमा शुल्क १०० करोड रुपैयाँभन्दा बढी संकलन गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यस वर्षको उपलब्धिले थप उर्जा प्रदान गरेको र आगामी वर्ष यो भन्दा अझ राम्रो व्यवसाय गर्न हौसला प्राप्त भएको बताए।
यसका साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आगामी वर्ष नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति लिई कम्पनीले ७५ करोड रुपैयाँको शेयर सर्वसाधारणलाई जारी गर्ने बताए।