एनआईसी एशिया बैंक लिमिटेडले पोखराका होटल पोखरा ग्राण्डी, पार्दी विरौटासँग सम्झौता गरेको छ। बैंकका ग्राहकलाई छुट दिलउने उद्देश्यले उक्त सम्झौता गरिउको बैंकले जानकारी दिएको छ।
सम्झौता पछि बैंकका ग्राहकले होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट पाउने छन्।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरेका छन्।
टीका रिसोर्ट हल्लनचोक लेकसाइड पोखराबीच बैंकका ग्राहकलाई १५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५१ वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो।