ज्योति विकास बैंकले स्थापनाको १२औं वर्षमा प्रवेश भएको उपलक्ष्यमा ११औं वार्षिकोत्सव मनाएको छ। बैंकको सञ्चालक समिति सदस्य, कर्मचारी तथा ग्राहकवर्गको उपस्थितिमा कमलादिस्थित कार्यालय प्राङ्गणमा एक समारोह आयोजना गरी सो उत्सव मनाइएको हो। सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले समारोहको अध्यक्षता गरेका थिए।
सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत इ-नेबल नेपाल नामको संस्थालाई रु २ लाख सहयोग हस्तान्तरण पनि गरेको छ। उक्त रकम ३डि प्रिन्टेड प्रोस्थेटिक कृत्रिम हात निर्माण गरी हात नभएका १० बालबालिकामा जडान गर्नको लागि उपयोग गरिने बैंकले जानकारी दिएकोछ । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रुपमा रु २ लाखको चेक इ-नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।