प्रभु बैंकले शाखा विस्तार गर्ने क्रममा एकै दिन दुई नयाँ शाखासन्चालनमा ल्याएको छ । डोल्पाको शे फोकसुण्डो गाउँपालिका साल्दाङ्गमा बैंकले १९२ औं शाखाको विस्तार गरेको हो । समुद्री सतह देखि करिब ४,२०० मिटरको उचाईमा रहेको साल्दाङ्गस्थित शे–फोकसुण्डो शाखा कार्यालयबाट उच्च हिमाली क्षेत्रका सर्वसाधारणहरुलाई बैंकले सेवा दिने छ ।
यस्तै, बैंकले तनहुँको बन्दीपूर गाउँपालिका स्थित डुम्रेमा १९३ औं शाखा कार्यालय विस्तार गरेको छ । बैंकले सोमबार देखिनै दुबै नयाँ शाखाबाट सेवा सुरु गरेको छ ।
दुबै शाखा कार्यालयबाट प्रवाह हुने बैंकिङ्ग सेवाबाट दुवै क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।