कृषि विकास बैंकले आर्थिक वर्ष २०७५/७६५ मा ४ अर्ब ३५ करोड खुद नाफा कमाएको छ। आर्थिक बर्ष २०७४/७५ को तुलनामा बैंकले १९ प्रतिशतले नाफा बढाएको हो । यसअघि बैंकको नाफा ३ अर्ब ६५ करोड थियो।
बैंकले मंगलबार अघिल्लो आर्थिक वर्षको विवरण सार्वजनिक गरेको बैंकले वितरणयोग्य मुनाफा भने ३ अर्ब ३१ करोड रहेको बताएको छ ।
वर्ष भरिमा १ खर्ब १९ अर्ब निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी १ खर्ब १० अर्ब छ । यस अवधिमा बैंकको जगेडा कोष १० अर्ब ४० करोड छ । बैंकको ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा ७.६१ प्रतिशतले बढेको ७ अर्ब ३७ करोड प¥याएको छ । खराब कर्जा २.९० प्रतिशत रहेको बैंकले जनाएको छ ।
त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात ९.१६ गुणा, आधार ब्याजदर १०.५८ प्रतिशत, प्रतिशेयर नेट वर्थ ३१४.१८ रुपैयाँ, प्रति शेयर आम्दानी ४४.६७ रुपैयाँ, कोषको लागत ७.४१ प्रतिशत , कर्जा र बचत बीचको व्याज अन्तर ४.६८ रहेको बैंकले जनाएको छ ।