हप्ताको सुरुवात देखिनै नेप्से लगातार घटिरहेको छ । आइतबार १२६३ बाट कारोबार शुरु भएको शेयर बजार तीन दिनमा करिब १७ अंकले गिरावट आएको छ । शेयर बजार मंगलबार मात्रै ९.३६ अंकले घटेर १२४५.७३ अंकमा पुगेर रोकिएको हो ।
ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.९१ अंकले घटेर २६९.१० अंकमा पुगेको छ ।
शेयर अंकमा गिराबट आएपनि कारोबार रकममा भने सुधार भएको छ । मंगलबार १ सय ६९ कम्पनीको १४ लाख ४९ हजार कित्ता शेयर कारोबार हुदाँ ४५ करोड ७ लाख ५५ हजार रुपैयाँको बराबरको किनबेच भयो ।
शेयर अंक घटेसँगै सबै उपसमूहरु पनि ओरालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमाको शेयर ४०.९७ अंकले घटेको छ । यस्तै, उत्पादन उपसूचक ३९.६४, होटल २५.८८, माइक्रोफाइनान्स २१.०९ अंकले घटेको छ ।
मंगलबार सबैभन्दा बढी कृषि विकास बैंकको शेयर कारोबार भएको छ । कृषि विकास बैंकको ८ करोड ५४ लाख ४१ हजारको कारोबार हुदाँ दास्रोमा नेपाल बैंकको ४ करोड १६ लाखको कारोबार भयो ।
आज सबैभन्दा बढी जोशी हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा बढी सर्पाेट