लक्ष्मी बैंकले अघिल्लो वर्षको तुलनामा नाफा ३३ प्रतिशतले बढाएको छ ।
आफ्नो चौथो त्रैमासिकको प्रगति प्रतिवेदन प्रकाशन गर्दे बैंकले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ५७ करोड ६० लाख खुद नाफा गरेको जनाएको छ । बैंकले अगिल्लो वर्षको सोही अवधिको नाफा १ अर्ब १८ करोड १० थियो ।
यो अवधिमा ७९ अर्ब ७४ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ७५ अर्ब २२ करोड रहेको छ । अगिल्लो वर्ष बैंकले ५९ अर्ब ८३ करोडको कर्जा लगानी गरेको थियो भने ६५ अर्ब ५६ करोड निक्षेप संकलन गरेको थियो ।
बैंकको ब्याज आम्दानी ३ अर्ब ४ कारोड गरेको छ, अघिल्लो वर्षको सोहि अवधिमा ब्याज आम्दानी २ अर्ब ३३ करोड थियो ।
त्यस्तै बैंकको कर्जा र बचतको अनुपात ७७.१३, प्रतिशेयर आम्दानी अनुपात १७.६७, तथा प्रतिशेयर नेटवर्थ १४१.६७ रुपैया छ । बैंकको कर्जा निक्षेप अनुपात ७७.०७ बाट बढाएर ७७.१३ प्रतिशत बनाएको छ । बैंकले खराव कर्जा दर १.२९ बाट १.११ प्रतिशत बनाएको छ ।
बैंकको आधार ब्याजदर १०.१३ प्रतिशत, कोषको लागत ७.०१ प्रतिशत छ भने बचत र लगानी बीचको ब्याजदर अन्तर ४.१३ बाट ४.३७ बनाएको छ ।