एक हप्तापछि बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो बुधबारदेखि लगातार घटिरहेको शेयर बजारमा आज सामान्य सुधार देखिएको हो । आज नेप्से परिसुचक २.७५ अंकले बढेर १२४८. ४८ अंकमा पुग्यो।
गत हप्ता शेयर बजार १२६५.५८ अंकमा थियो। त्यसपछि निरन्तर ओरालो लागेर मंगलबार १२४५.७३ अंकमा झर्यो। यस बीचमा बजार करिब २० अंकले घट्यो ।
शेयर बजारमा सामान्य सुधार देखिएसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि सुधार भएको छ । बुधबार सेन्सेटिभ इन्डेक्स ०. ८६ अंकले सुधार हुदै २६९.९६ अंकमा पुगेको छ।
बजार बढे पनि कारोबार रकममा भने सुधार भएको छैन। दिनभरिमा १७२ कम्पनीको ११ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा ३६ करोड ८६ लाख ४५ लाख रुपैयाँ बराबरको कारोबार भयो।
बुधबार उपसूचकहरुमा पनि सामान्य सुधार आएको छ । विकास बैंक १.३२, म्युचुअल फन्ड ०.०३ तथा जलविद्युत सबैभन्दा बढी २०.९५ अंकले घट्यो। आज सबैभन्दा बढी जीवन बीमा समूह २६.०३ अंकले बढ्यो, यस्तै माइक्रोफाइनान्सको २२.५५, निर्जीवन बीमा २२.०३ तथा होटल उपसमूह १९. ४२ अंकले बढ्यो।
कारोबार रकमको हिसाबले आज सबैभन्दा बढी कृषि बिकास बैंकको सेयर खरिदबिक्री भयो । कृषि विकास बैंकको २ करोड ४५ लाखको कारोबार भयो, त्यसपछि नेपाल क्रेडिट एन्ड कमर्स बैंकको २ करोड ३६ लाख बराबरको कारोबार भयो।
आज सबैभन्दा बढी नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा सान्जेन जलविद्युत कम्पनीका लगानीकर्ता छन् ।