वाणिज्य बैंकहरुमा सर्वसाधारणकाे बचत रकम घटेको छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार साउनदेखि बैंकमा बचतभन्दा झिकिने रकम बढेको छ।
असार मसान्तसम्म कुल २८ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप (बचत) संकलन भएकोमा साउन १० गते घटेर २८ खर्ब ६२ अर्बमा झरेको थियो। १७ गते यो रकम घटेर २८ खर्ब ५९ अर्बमा झरेको छ।
बचत रकमसँगै बैंकहरुले प्रवाह गर्ने कर्जा रकम पनि घटेको छ। असार मसान्तसम्म २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा साउन १७ गतेसम्म कुल २४ खर्ब ८८ अर्ब कायम भएको छ।