नेपाल राष्ट्र बैंक सञ्चालक समितिले बमबहादुर मिश्रलाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ। यसअघि निर्देशक रहेका मिश्रलाई आजै बसेको बैठकले बढुवा गरेको हो।
कार्यबाहक कार्यकारी निर्देशकको रुपमा भुक्तानी प्रणाली विभागमा रहेका मिश्रलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो।
नेपाल राष्ट्र बैंकमै साढे एक दशक लामो अनुभव एका मिश्रसँग कमर्सियल बैंकमा काम गरेको अनुभव पनि छ। विज्ञान, व्यवस्थापन,कानून विषयमा शिक्षा हाँसिल गरेका मिश्रसँग केन्द्रीय बैंकको विभिन्न विभागमा बसेर काम गरेको अनुभव पनि छ।