एन आई सी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रा.लि, कालिकानगर, बुटवलबीच बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२१ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने एनआइसी मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।