पूँजी बजार लगातार ओरालो लागिरहेको छ । गत हप्ता मात्रै पनि चार दिन घटेको बजार एक दिन मात्रै सामान्य सुधार देखियो । समग्रमा बजार २५.२८ अंकले घट्यो । पछिल्लो समयको शेयर बजारका साना साना समस्याले गर्दा बजार बढ्ने तथा लगानीकर्ता उत्साहि भएको देखिएको छैन । १२६३ अंकबाट सुरु भएको साताको शेयर बजार बिहिबार बजार बन्द हुदाँ १२३८ अंकमा पुगेको थियो ।
अघिल्लो हप्ता बजारमा रेकर्ड पनि बन्यो । गत बिहीबार नेप्से अनलाईन कारोबार प्रणालीमार्फत सबैभन्दा धेरै संख्यामा कारोबार भयो । नेप्सेका अनुसार बिहीबार मात्रै २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ६५ रुपैयाँको शेयर किनबेच भयो । यो अहिलेसम्मकै उच्च संख्या हो । अनलाईन कारोबार केही उत्साहजनक भएपनि समग्र बजार भने सुस्ताएको छ ।
अहिले शेयर बजारमा प्रमूख दुई समस्या देखिन्छ । पहिलो, पूँजीगत लाभकरको समस्या र दोस्रो बैंकर्स संघको असहमती ।
आर्थिक वर्ष सुरु भएदेखिनै पूँजी बजारको लाभकर गणना विधिले गर्दा शेयरबजारलाई अन्यौल बनायो । यो समस्या समाधानको लागि अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, लगतायत सबै सम्बन्धीत निकाय धेरै पटक वार्तामा पनि बसेका छन् । तर, समस्या सुल्झन सकेको छैन । अगिल्लो हप्ता अर्थ मन्त्रायले ३ दिन भित्र समस्या समाधान गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो । तर, निर्देशन दिएको समयाअवधि सकिदा सम्म पनि धितोपत्र बोर्डले कुनैनिर्णय गर्न सकेको छैन ।
शेयर लगानी कर्ता संघका अध्यक्ष उत्तम अर्याल नियमक निकायको कमजोरिले गर्दा शेयर बजार ओरालो लागेको बताउछन् । ‘करको कुरा एक वर्ष अघिनै सहमती भएको विषय अहिले सम्म कार्यन्वयन गर्न सकेको छैन,’ अर्यालले भने, ‘साउन १ गते देखि शेयर बिक्री गर्ने ब्रोकरकोमा गएर ल्याप्चे लगाउनु पर्ने नियमले गर्दा शेयर बजारको विकास हुनु भन्दा पछाडि धकेलेको छ, यस्ता साना साना समाधान नहुदाँ सम्म बजार बढ्दैन ।’
उनी निमयक निकायर जिम्मेबार नबन्दा सम्म शेयर बजारको सुधार नहुने दाबी गरे । यस्तै, पूँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेल पनि कर समस्या समाधान भएमात्रै बजार बढ्ने बताउछिन् ।
‘अर्थ मन्त्रालयले लिखित रुपमै तीन दिनमा समस्या समाधान गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ, अब केहि दिनमा समस्या समाधान होला, त्यसपछि बजार बढ्छ,’ पोखरेलले भनिन् ।
यस्तै, अहिले बजारमा अन्यौलता देखिनुको अर्को कारण नेपाल राष्ट्र बैंक र बैंकर्स संघ बीचको असहमती पनि हो ।
अघिल्लो हप्ता राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै कर्जा र निक्षेप बीचको व्याजदर अन्तर (स्प्रेड) को गणना विधि, बैंकको कार्यकारी सहित संचालनकको उमेर हद जस्ता निर्देशन दिएको थियो ।
राष्ट्र बैंकले ल्याएको नयाँ नियम अनुसार बैंक संचालन गर्दा नाफा घट्ने र बैंकनै संचालन गर्न नसकिने भन्दै बैंकर्स संघले आपत्ति जनाएका छन् । त्यसको सोझो असर शेयर बजारमा पनि देखिएको छ ।
‘हाम्रोमा संम्बन्धित पक्षसँग सल्लाहनै नगरि नियम बनाइन्छ, राष्ट्र बैंकले पनि त्यसै ग¥यो,’ अध्यक्ष अर्यालले भने, ‘यसले गर्दा बैंकका लगानीकर्ता ह्वात्तै घटेका छन् ।’ राधा पोखरले पनि बैंकर्स संघ र राष्ट्र बैंक बीचको समस्या समाधान भए बजार बढ्ने बताउछिन् ।
समान्य तया साउन भदौमा लगानीकर्ताको लागि शुभ महिना हो । यति बेला धेरै बैंकले अघिल्लो वर्षको मुनाफा घोषणा गर्ने हुनाले पनि बजारमा उत्साह हुन्छ । तर, अहिले साना साना कुराले गर्दा निरासा देखिएको बताउछिन् अध्यक्ष पोखरेल ।
मुख्य दुई समस्या समाधान भएपछि बजार बढ्ने लगानी कर्ताको आशा छ । यी समस्या समाधान भएनन् भने यो हप्ता पनि बजार सुधार नहुने लगानीकर्ता दाबी गर्छन् ।