लामो समय देखि घटिरहेको शेयर बजार सोमबार सामान्य सुधार देखिएको छ । सोमबार नेपाल स्टक एक्चेन्ज (नेप्से) ०.१३ अंकले घटेर १२३३.८५ अंकमा पुगेको छ । यस्तै ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.१२ अंकले बढेर २६७.७२ अंकमा पुग्यो ।
आज शेयर कारोबारमा रकमा भने सुधार देखिएको छैन । दिनभरिमा १७१ कम्पनीको १८ लाख २१ हजार कित्ता शेयर किनबेच हुदाँ ३१ करोड ४२ लाख २८ रुपैयाँ बराबरको कारोबार गरे ।
उपसूचक भने मिश्रित देखिएका छन् । आज सबैभन्दा बढी निर्जीवन बिमाको शेयर ३४.३२ अंकले घटेको छ । यस्तै, बैंकिङ ०.४२, ट्रेडिङ ६.२५, जलविद्युत २.५२ तथा अन्य उपसूचक ०.८५ अंकले घट्यो । सबैभन्दा बढी होटल समूहको शेयर २०.५९ अंकले बढ्यो भने जीवन बीमा १९.६१, उत्पादन उपसूचक ८.१५ अंकले बढेको छ ।
दिनभरिमा सबैभन्दा बढी रसुवागढी जलविद्युत कम्पनीको शेयर कारोबार भयो भने त्यसपछि सन्जेन जलविद्युत कम्पनीको कारोबार भयो । आज सबैभन्दा बढी नदेव लघुवित्त वित्तीय संस्थाका लगानी कर्ताले कमाए भने सबैभन्दा बढी गुमाउनेमा बिसाल बजार कम्पनी लिमिटेडका लगानीकर्ता छन् ।