नेपाल बंगलादेशले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ६१ करोड खुद नाफा गरेको छ । बिहिबार सार्वजनिक गरेको विवरणमा बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले बढेको देखिएको हो । आर्थिक वर्ष २०७४/७५ मा बैंकको नाफा १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको थियो ।
बैंकले सोही अबधिमा २४.५० प्रतिशतले निक्षेप बढाएको छ । गत आर्थिक वर्षमा ५९ अर्ब ८२ करोड निक्षप संकलन गरेको गरेको बैंकले यसअघिको वर्ष भने ४८ अर्ब ५ करोड निक्षेप संकलन गरेको थियो । यस्तै बैंकको कर्जा लगानी ४० अर्ब ८७ करोडबाट २८.९९ प्रतिशतले बढाएर ५२ अर्ब ७२ करोड पुगेको छ । यस्तै व्याज आम्दानी १ अर्ब ९७ करोड बाट २ अर्ब ९१ करोड भएको छ ।
बैंकको वितरण योग्य नाफा १ अर्ब ३ करोड छ । यो अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले कम हो । बंैकको प्रतिशेयर आम्दानी १४.९५ बाट बढेर २०.०२ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १५३.९१ रुपैयाँ छ ।