नेपाल इन्भेष्टमेन्टले आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब ४१ करोड खुद नाफा गरेको छ । बिहिबार सार्वजनिक गरेको विवरणमा बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६.६६ प्रतिशतले घटेको देखिएको ६ ।
आर्थिक वर्ष २०७४/७५ मा बैंकको नाफा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो ।
बैंकले सोही अबधिमा ९.३६ प्रतिशतले निक्षेप बढाएको छ । गत आर्थिक वर्षमा १ खर्ब ४९ अर्ब ३९ करोड निक्षप संकलन गरेको गरेको बैंकले यसअघिको वर्ष भने १ करोड ३६ अर्ब ५८ करोड निक्षेप संकलन गरेको थियो । यस्तै बैंकको कर्जा लगानी १ खर्ब १८ अर्ब ३२ करोडबाट ३.९५ प्रतिशतले बढाएर १ खर्ब २३ अर्ब पुगेको छ । यस्तै व्याज आम्दानी ५ अर्ब ८५ करोड बाट ६ अर्ब १५ करोड भएको छ ।
बैंकको वितरण योग्य नाफा १ अर्ब ३९ करोड छ । यो अघिल्लो वर्षको तुलनामा ६१ प्रतिशतले कम हो । बैंकको प्रतिशेयर आम्दानी ३४.३७ बाट घटेर २६.५४ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १९९.७८ रुपैयाँ छ ।