सोमबार नेपाल स्टक एक्चेन्ज (नेप्से) ७.२३ अंकले बढेर १२२२.०६ अंकमा पुगेको छ । नेप्से पछिल्लो एक हप्त पुरै ओरालो लागेको थियो । आइतबार पनि ९ अंकले घटेको नेप्से सोमबार उकालो लागेको हो ।
नेप्से संगै ठुला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ सुचक पनि उकालो लागेको छ । आज १.८५ अंकले बढेर २६४.९६ अंकमा पुगेको छ ।
१७५ कम्पनीको कारोबार भएको सोमबार १४ लाख ७७ हजार कित्ता शेयर कारोबार भएपनि कारोबार रकम भने बढेन । आज दिनभरिमा ३८ करोड ९६ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भयो ।
सबैभन्दा बढी सिद्धार्थ बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी कारोबार भयो । बैंकको शेयर २ करोड ५८ लाख ३१ हजार रुपैयाँको किनबेच हुदाँ रसुवागढी जलविद्युत कम्पनीको २ करोड १५ लाख रुपैयाँको कारोबार भयो ।
सोमबार निर्जीवन विमा बाहेक अन्य सबै उपसूचक सकारात्मक देखिएका छन् । सबैभन्दा बढी जीवन बीमाको सुचक ४४.३२ अंकले बढेको छ । यस्तै माइक्रोफाइनान्स २१.५१ तथा विकास बैंकको शेयर १३.४३ अंकले बढेयो । तर, नीर्जिवन बीमाको सुचक भने २९.७८ अंकले घट्यो ।
दिनभरिको कारोबारमा सबैभन्दा बढी नदिप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा सानिमा इक्वीटि फन्डका लगानीकर्ता छन् ।