साताको पहिलो दिन आइतबार पनि शेयर बजारमा ओरालो लागेको छ। आज ३.४५ अंकले घटेर बजार १२०९.६२ अंकमा पुगेर रोकियो। यस्तै ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२७ अंकले घटेर २६३.४३ अंकमा पुगेको छ।
पछिल्लो समय शेयर बजारसँगै कारोबार रकम पनि घटिरहेको छ। आइतबार १७१ कम्पनीको १२ लाख ७५ हजार कित्ता शेयर किनबेच हुदाँ ३५ करोड २ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भयो।
नेप्से ओरालो लागेसँगै प्राय उपसूचकहरु पनि ओरालो लागेका छन्। आज सबैभन्दा बढी जीवन बीमाको शेयर ५१.०७ अंकले घट्यो भने निर्जीवन बीमाको शेयर ३१.३२ अंकले घट्यो। तर, होटल र उत्पादन समूह क्रमश ३.०४ र ११.३ अंकले सुधार भयो।
आज सबैभन्दा बढी कारोबार छिमेकी लघुवित्त विकास बैंकको प्रमोटर शेयर खरिद बिक्री भयो। प्रमोटर शेयर ३ करोड २१ लाखभन्दा बढीको कारोबार हुदाँ नेपाल बैंक लिमिटेडको शेयर २ करोड ४१ लाख रुपैयाँको कारोबार भयो।
यस्तै आइतबार सबैभन्दा बढी कमाउनेमा सृजना फाइनान्स र सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनीका लगानीकर्ता छन्