अब ई–सेवा अनलाईन पेमेन्ट मार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने भएको छ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई–सेवासँग साझेदारी गरेसँगै ई–सेवा मार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने भएका हो।
उक्त साझेदारीले ई–सेवा अनलाईन पेमेन्ट मार्फत बीमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल तथा प्रमुख संचालन अधिकृत श्री दशरथमनि खड्का र ई–सेवाका कार्यकारी अधिकृत श्री सुभाष सापकोटा बीच उक्त साझेदारी भएको थियो।