पछिल्लो समय लगातार शेयर बजार ओरालो लागिरको छ। शेयर अंकसँगै कारोबार पनि घटेको छ। त्यसैले पनि पुराना लगानीकर्ताहरुमा उत्साह देखिदैन।
गत हप्ताभरिमा शेयर बजार ५ अंकले घट्दा १ करोड ९४ लाखको कारोबार भयो। यसअघिको हप्ता पनि शेयर बजारमा उल्लेख्य वृद्धि भएको छैन।
बजार घटेर निरास भएका लगानीकर्ताहरु नयाँ लगानीकर्ताको लागि भने राम्रो अवसर रहेको बताउँछन् ।
पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल अहिलेको समय नयाँ लगानीकर्ताको लागि उत्तम समय भएको बताउँछिन् ।
‘तीन वर्ष अघि किनेको शेयर अहिलेको अवस्थामा घाटा खाएर बेच्न सकिंदैन, किनकी अहिले शेयर मूल्य अत्यन्त न्यून रहेको सबैलाई थाहा छ,’ उनले भनिन्, ‘शेयर बजार सधैभरि घटिरहने होइन, यो बढ्छ पनि अहिले न्यून मुल्य भएको अवस्थामा किन्न सके भविष्यमा त्यसको प्रतिफल निकै राम्रो हुन्छ।’
शेयर बजार अर्थतन्त्रको मेरुदन्ड भएको भन्दै यसलाई बढाउन सरकारले पनि सहयोग गर्ने आशा पोखरेलको छ। त्यसैले उनले नयाँ लगानीकर्तालाई शेयर बजारमा लगानीका लागि आह्वान गरेकी छन्।
‘वाणिज्य बैंकको शेयर अहिले निकै सस्तो पनि छ त्यसैले वाणिज्य बैंकमा लगानी गर्न सके त्यसले राम्रो प्रतिफल दिन्छ,’ पोखरेलले भनिन्।
यस्तै, शेयर बजारमा लामो समयको अनुभव संगालेका लगानीकर्ता अम्बिकाप्रसाद पैडेल पनि अहिले नयाँ लगानीको लागि सुनौलो अवसर भएको बताउँछिन्।
‘२२ वर्षे मेरे अनुभवमा साउन/भदौको समयमा लगानी र प्रतिफल बीचको प्राइस अर्निङ रेसियो यति न्यून भएको मलाई थाहाँ थिएन,’ पैडेले भने, ‘अहिले कम्पनीको इन्डिकेटर हेरेर लगानी गर्न सके त्यसले निकै राम्रो प्रतिफल दिन्छ।’
उनले लगानी गर्ने कम्पनीको छनौटमा भने लगानीकर्ताले ध्यान दिनुपर्ने बताए। ‘आधारभूत तथ्याङ्क तथा प्रतिफल विश्लेषण गरेर लगानी गर्नुपर्छ,’ उनले भने।
गत हप्ता पनि सात वाणिज्य बैंकको कारोबार उच्च थियो। सबैभन्दा धेरै कारोबार हुने पहिलो १० कम्पनीहरु मध्ये ८ वटा वाणिज्य बैंक थिए। हप्ताभरिमा माछापुच्छे बैैकको कारोबार सबैभन्दा धेरै भयो। माछापुच्छे«को ११ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
त्यस्तै, नेपाल बैंक उच्च कारोबार गर्ने कम्पनीको तेस्रो र र कुमारी बैंक चौंथो स्थानमा थियो।
यो हप्ता नेपाल बैंकको ९ करोड ४९ लाख रुपैयाँ, कुमारी बैंकको ५ करोड ९९ लाख, प्रभु बैंकको ५ करोड ७८ लाख, कृषि विकास बैंकको ५ करोड ७२ लाख, नेपाल बंगलादेश बैंकको ५ करोड ७२ लाख र एनआइसी एशिया बैंकको ५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको थियो।