रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित गर्दै सिजी ईलेक्ट्रोनिक्ससंगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई सिजी ईलेक्ट्रनिक्सका विभिन्न ब्राण्डहरु एलजी,सिजी, गोदरेज, टीसीएल आदि इत्यादि सामानहरुमा छुटको अफर ल्याएको छ।
नेपालभित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुने कम्पनीको विश्वास छ।
कुनै पनि ग्राहकले प्रभु मनि ट्रान्फरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी ईलेक्ट्रनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजीटल तथा एलजी लाईफस्टायल शोरुम बाट टिभी, फ्रिज वाशिंग मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिदगर्दा छुट प्राप्तगर्न सक्नेछन् ।