एनआइसी एसिया बैंकले चमत्कारिक सुपर बचत खाता योजना ल्याएको छ। बैंकले महिलाहरुको सबै उमेर समूहलाई लक्षित गर्दै यो योजना ल्याएको जानकारी दिएको छ।
जागिरे,स्वरोजगार,पेशाकर्मी,व्यवसायी, नेपाली र विदेशी महिला समेतका लागि यो योजना ल्याएको बैंकले जनाएको छ।
यो योजनामा खाता खोल्ने महिलाहरुले विशेष विमा सुविधा पाउने छन्। एटिएम विथड्र, लोयल्टी प्रोग्राम, प्रिभिलेज सेवा र प्रशासनिक सेवा शुल्क र व्याजरमा विशेष छुट पाउने बताइएको छ।
यसमा पारिवारका सदस्यका लागि १ करोडसम्मको दुर्घटना विमा,जटिल रोगका लागि ३० लाखसम्मको जोडीलाई बिमा परिवारका लागि १ लाख ५० हजारसम्मको स्वास्थ्य बिमा पाउने छन्।