केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले २० र ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याएको छ। बैंकले सूचना जारी गर्दै बिहीबारदेखि नयाँ नोट बजारमा ल्याएको बताएको हो।
राष्ट्र बैंकका अनुसार ‘वि सं २०७२’ सिरिजका २० र ५० रुपैयाँका नोटहरु चलन चल्तीमा ल्याइएको हो। २० रुपैयाँको नोटको अगाडिको भागमा पैसामा सिरिज लेखिएको छ भने पछाडिको पृष्ठभुमिमा ‘२०१६ ए डि’ अंकित गरिएको छ।
यस्तै, ५० रुपैयाँको नोटको अगाडिको भागमा पैसामा सिरिज लेखिएको छ भने पछाडिको पृष्ठभुमिमा २०१५ ए डि’ अंकित छ।
बैंकले जारी गरेका नयाँ २० रुपैयाँको नोटको संकेत नम्बर ञ÷४१०००००१ देखि ९९९९९९ सम्म हुनेछन् भने ५० रुपैयाँका नोटको संकेत नम्बर ज÷८८०००००१ देखि ज÷८८९९९९९९ सम्म छ ।