सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गांउपालिका वडा नं.१ धो मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
यो बैंकको २३८ औं शाखा हो।
शाखाको उद्घाटन रक्षामन्त्री इश्वर पोखरेल र नेकपाका नेता जनार्दशन शर्माले गरेका थिए।
शाखा उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धन बहादुर बुढा, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक बिकासमन्त्री दल राबल, उद्योग, पर्यटन तथा वाताबरण मन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेशसभाकाउपसभामुख पुष्पा घर्ति तथा प्रदेश सांसद बदामी कुमारी बोहोराको उपस्थिति थियो।
गएको वर्ष ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको बैंकले १ खर्ब ९० अर्ब रुपैंया निक्षेप उठाएर १ खर्ब ४४ अर्ब रुपैंया ऋण लगानी गरेको छ।
बैंकको आधार ब्याजदर ५.५० प्रतिशत रहेको छ । सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट बैंकले सेवा दिइरहेको छ।