एनआइसी एसिया बैंकले एकैदिन ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउन शाखा विस्तारको अभियानमा विभिन्न तीन ठाउँमा शाखा खोलिएको बैंकले जानकारी दिएको छ।
बैंकले सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा शाखा सञ्चालनमा ल्याएको हो।
मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिंदै आएको बैंकसँग १८ लाख ग्राहक छन्।