सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्वार्को स्थित क्युवेस्ट इन्टरनेशनल कलेजलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजको सामाजिक क्लबलाई वित्तीय सहयकोग हस्तान्तरण गरेको हो।
बैंकको सहकार्यमा सामाजिक क्लबका विद्यार्थीलाई मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाई क्रार्यक्रम र कलेज प्राङ्गण मा रक्तदान क्रार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेही काखलाई आवश्यक सामाग्री सहयोग प्रदान गरेको छ।