ग्लोबल आइएमई बैंकको कार्डमार्फत भुक्तानी सेवा पुनः संचालनमा आएको छ। प्वाइन्ट अफ सेल (पस)मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको हो।
अब डेबिट, क्रेडिट तथा प्रिपेड कार्डवाहकले चिपमा आधारित सम्पूर्ण पस मेशिनहरुबाट कारोबार गर्न सक्नेछन्। यस बैंकको एटिएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न मिल्ने सेवा मात्रै संचालनमा छ।
ग्लोबल आइएमई बैंकको कार्ड अन्य बैंकको एटिएममा प्रयोग गर्न नमिलेको अहिलेको असुविधाप्रति बैंकले ग्राहकसँग क्षमा मागेको छ। यद्यपी यो सेवा पुनः यथाशीघ्र सुचारु गराउन बैंकले पहल गरिरहेको जनाएको छ।
भदौ १४ गते चिनियाँ ह्याकरले एटिएम प्रणाली ह्याक गरेपछि ग्लोबल आइएमईसहित १८ बैंकको कार्ड त्यही बैंकको एटिएममा मात्रै प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ।
बैंकका देशभर १४८ एटीएम र १२० प्वाइन्ट अफ सेल मेसिन छन्।