एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन न्यौपाने ‘प्रबल जनसेवा श्री’ बाट विभूषित भएका छन्।
देशको समग्र बैंकिङ क्षेत्रमा न्यौपानेले पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७६ को अवसरमा शुक्रबार उक्त पदवीको घोषणा गरेकी हुन्।
सरकारले संविधान दिवसका अवसरमा मुलुकका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूमध्ये युवा बैंकर न्यौपानेलाई छनोट गरेको हो।
न्यौपाने नेपालको वाणिज्य बैंकहरूमा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृतहरूमध्ये सबभन्दा कम उमेर (३९ वर्ष) का छन्।