नेपाल राष्ट्र बैंकले आजबाट १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै बिल बिक्रीको लागि बोलकबोल खुलाएको हो ।
बैंकले ९१ दिने अवधिका लागि ४ अर्ब ३ करोड बराबरको, १८२ दिने ४ अर्ब ३० करोड बराबरको तथा ३६४ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने जनाएको छ । ९१ दिने बिल आगामी पुस ८ मा परिपक्व हुनेछ, यस्तै १८२ दिने ट्रेजरी बिल आगामी चैत ११, र ३६४ दिने ट्रेजरी बिल आगामी असोज ६ मा परिपक्क हुनेछ ।
बैंकले यसअघि भदौ ३० मा १२ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।
टे«जरी बिल छोटो अवधिको सरकारी ऋणपत्र हो । यो सधै एक वर्ष भन्दा कम अवधिको हुन्छ । सरकारलाई तत्कालै ऋण चाहिएको खण्डमा यस्तो ऋणपत्र जारी गर्ने गर्छ । राष्ट्र बैंकले आवस्यकता अनुसारको समयमा ट्रजरी बिल जारी गर्न सक्छ । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको हुन्छ । तर नेपालमा २८ दिने बिल भने धेरै प्रचलनमा छैन ।