प्रभु बैंक लिमिटेडले कुरिनटारमा शाखा स्थापना गरेको छ। उक्ता शाखा आजैदेखि सञ्चालनमा आएको बैंकले जानकारी दिएको छ। देशभर बैंकिङ पहुँच विस्तारका लागि शाखा विस्तारलाई तीव्रता दिइएको र यही अभियानमा कुरिनटार शाखा सञ्चालन भएको बैंकले जानकरी दिएको छ।
यो शाखाबाट उक्त क्षेत्रका ग्राहकले प्रभु बैंकबाट पूर्ण बैंकिङ सेवा पाउने बैंकको विश्वास छ।