एनआइसी एसिया बैंकले एकैदिन दुई शाखा विस्तार गरेकोछ।
बैंकले पोखराको बाझापाटन र वीरगञ्जको पावरहाउस चोकमा असोज ६ गते सञ्चालनमा ल्याएको जानकारी दिएको छ।
बैंकिङ पहुँच विस्तारका लागि शाखा बढाउने नीतिअनुसार बैंकले शाखा स्थापना गरेको बताएको छ।
योसँगै बैंकका देशभर ३०९ शाखा पुगेका छन्। त्यस्तै बैंकका ३५९ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन्।