एन आई सी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावाललाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको छ।
सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउ प्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन भउका कारण खातावालकी श्रीमती रन सुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम ४ लाख ९१ हजार रुपैयाँ भुक्तानी गरेको छ।
त्यस्तै काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई २६,५१९, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई ६७,९३३। कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई ५९,९०४, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई १०,४३९ र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई २८,७५०रकम भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ।