प्रभु बैंकले मकवानपुर जिल्लाको हेटौंडा उप–महानगरपालिका स्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। उक्त एक्स्टेन्सन
काउण्टरको बिहीबार प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकृत श्री प्रेमराज जोशीले एक समारोहका बिच उद्घाटन गरेका छन्।
अब त्यहाँ आउने सेवाग्राहीहरुले विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा काम गर्न सक्नेछन्।
बैंकको यस सेवाबाट त्यहाँका स्थानीयबासी तथा सेवाग्राहीहरु लाभाान्वित हुने बैंकले विश्वास लिएको छ।
प्रभु बैंकले १ सय ९५ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम तथा ३५ वटा एक्स्टेन्सन काउण्टर मार्पmत् प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ।