यो हप्ता शेयरको कारोबार न्युन भयो। पाँच दिनमा जम्मा १ अर्बको कारोबार भएको छ। अघिल्लो हप्ता झन्डै दुई अर्बको कारोबार भएको बजार यो हप्ता भने १ अर्ब १९ लाखको मात्रै भएको छ।
हप्ताको पहिलो दिन कारोबार २२करोडको मात्रै भयो। सोमबार १७ करोड, मंगलबार २१ करोड तथा बुधबार सबैभन्दा कम १६ करोडको मात्रै कारोबार भयो।
साताको अन्तिम दिन बिहीबार पनि काररोबारमा उल्लेख्य प्रगति भएन। बिहीबार दिनभरिमा २१ करोडको मात्रै कारोबार भएको छ।
कारोबार घटेसँगै नेप्से सुचक पनि ओरालो लागेको छ। हप्ताभरिमा नेप्से २५.४९ अंकले कमि आएको हो। ११५५.३० बाट कारोबार सुरु भएको यो हप्ताको नेप्से ११२९.८१ अंकमा पुगेर बन्द भयो।
चाडपर्व लागेसँगै लगानीकर्ताहरुको शेयरमा उत्साह घटेको छ। त्यसैले बजारमा कारोबार कम भएको लागनीकर्ताहरुले बताउँछन्।
साताको अन्तिम दिन नेप्से १.७३ अंकले घट्यो। १८६ कम्पनीका ७ लाख ९९ कित्ता कारोबार हुदाँ २१ करोड २५ लाखको कारोबार भयो।
नेप्से सुचक घटेसँगै उपसुचक पनि घटे। आज सबैभन्दा बढी निर्जीवन बीमा १३.६३ अंकले घट्यो यस्तै, उत्पादन उपसूचक पनि ९.९४, माइक्रोफाइनान्स ७.७३ तथा टेडिङ ४.८२ अंकले घट्यो। तर, जीवन बिमा ४.७३, होटल ०.९८, जलविद्युत ०.६३ र म्युच्युअल फन्ड ०.०९ अंकले बढ्यो ।
आज सबैभन्दा बढी माछापुच्छे« बैंक लिमिटेडको शेयर कारोबार भयो। बैंकको १ करोड ९४ लाख ६१ हजार रुपैयाँको कारोबार भयो। त्यसपछि सानीमा बैंकको १ करोड २५ करोडको कारोबार भयो।
आज सबैभन्दा बढी सिनजी जलविद्युत कम्पनीका लगानीकर्ताले कमाए भने सबैभन्दा बढी गुमाउनेमा जोशी जलविद्ययुत कम्पनीका लगानीकर्ता छन्।