गैर आवासीय नेपालीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चारवटा नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ ।
चार नयाँ खाताहरुमा ग्लोबल एनआरएन मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन बचत खाता र ग्लोबल एनआरएन बचत खाता रहेका छन् ।
अमेरिकी डलरमा खोल्न सकिने एनआरएन बचत खातामा तथा मुद्दति निक्षेप वार्षिक ४ प्रतिशतसम्म व्याज दिने बैंकले जानकारी दिएको छ।
प्र त्यस्तै नेपाली मुद्रामा खोलिने एनआरएन मुद्दति निक्षेपमा ९.२५ प्रतिशतसम्म तथा बचत खातामा वार्षिक ६ प्रतिशतसम्म ब्याज दिने बैंकले जानकारी दिएको छ।
उक्त खाता सञ्चालकहरुलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छु दिने र खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट दिने बैंकको अफर छ।