सिटिजन्स बैंक इन्टरनेशनल सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले कार्यभार सम्हालेका छन्। भण्डारीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ लिंदै पदभार सम्हालेका हुन्।
बैंकको स्थापना कालदेखि पौष २०७५ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका भण्डारीले आगामी ४ बर्षको कार्यकालका लागि आजैबाट पदभार ग्रहण गरेका हुन्।