नेपाल एसबिआई बैंकले १६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ। आइतबार दिउँसो बसेको सञ्चालक समितिको ४४१ औं बैठकले उक्त लाभांश दिने निर्णय पारित गरेको हो।
बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट तथा अघिल्ला वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र १०.८४ प्रतिशत कर प्रयोजन सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैठकले उक्त लाभांश प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ। राष्ट्र बैंकको स्वीकृति पछि बैंकको २६ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयर धनीलाई वितरण गरिने छ।