साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ८.६९ अंकले बढेको छ। बुधबार ४ अंकले घटेको नेप्से आज बढेको हो।
११४०.७१ अंकबाट कारोबार सुरु भएको आज ११४९.४० अंकमा पुगेर रोकिएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सुचक पनि बढेको छ। सुचक २.१९ अंकले बढेर २५१.९७ अंकमा पुगेको हो।
कारोबार अंकमा सुधार आएपनि कारोबार रकम भने बढेको छैन। दिनभरिमा १७ करोड ६६ लाख ३३ हजार रुपैयाँको खरिदबिक्री भयो। आज १५३ कम्पनीको ६ लाख कित्ता कारोबार भयो।
नेप्से सुचकमा सुधार आएसँगै उपसुचकहरु पनि सकारात्मक देखिएका छन्। आज सबैभन्दा बढी उत्पादन समुहको नेप्से ८३.१५ अंकले बढेको। यस्तै, जीवन बीमा ४९.५१, निर्जीवन बीमा ३९.८ तथा होटल २२.४६ अंकले बढ्दा विकास बैंक १३.०४, माइक्रोफाइनान्स १४.२४ अंकले बढ्यो भने फाइनान्स उपसुचकको शेयर भने ३.२८ अंकले घट्यो ।
आज सबैभन्दा बढी सोल्टी होटलको कारोबार भएको छ। होटलको ३ करोड १३ लाख ९९ हजारको कारोबार हुदाँ त्यसपछि सबैभन्दा बढी सिद्धार्थ बैंकको शेयर १ करोड ५५ लाख ५९ हजारको भयो।
साताको अन्तिम दिन सबैभन्दा बढी युनिलिभर नेपालका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा युनाइटेड फाइनान्स कम्पनीका लागानीकर्ता छन्।