एभरेष्ट बैंकले गत वर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
असोज २६ गते सम्पन्न सञ्चालक समितिको ३ सय १० औं बैठकले उक्त लाभांश नेपाल राष्ट्र बैंकसँग अनुमति माग गर्ने निर्णय गरेको छ।
बैंकको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउँनेछन्।
हाल बैंकको ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६ सय ६९ रुपैयाँ चुक्ता पूँजी रहेको छ।