दशैं सकिए पनि शेयर बजारको ओरालो सकिएको छैन।
दशैंंपछि बजार खुलेको पहिलो दिन गत बिहीबार ०.४० अंकले शेयर बजार घट्यो। त्यसैलाई निरन्तरता दिदैं सोमबार पनि बजार १२.०५ अंकले घटेको छ।
सोमबार ११४९.०१ बाट कारोबार सुरु भएकाे नेप्से ११३६.९६ अंकमा पुगेर रोकिएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७६ घटेर २४९.१७ अंकमा पुगेको छ।
१५४ कम्पनीको ८ लाख ३३ हजार कित्ता किनबेच भएको आज दिनभरीमा जम्मा २१ करोड ८६ लाख ३५ रुपैयाँको कारोबार भएको छ।
बजार खुलेपछि केही समय बढेर ११५१ अंकमा पुगेको बजार त्यसपछि भने निरन्तर घटेको थियो। आज म्युचुअल फन्ड बाहेक अन्य सबै उपसूचक घटेका छन् ।
सबैभन्दा धेरै होटल समूह ५३.६६ अंकले घट्यो भने निर्जीवन बीमा ४९.५३, जीवन बीमा ३७.१ अंकले घटेको छ।
सोमबार सबैभन्दा बढी प्रभु बैंकको शेयर कारोबार भएको छ।
प्रभुको २ करोड ६५ लाख ७३ हजारको कारोबार हुँदा सिद्धार्थ बैंकको २ करोड ६४ लाख ५ हजारको करोबार भएको छ।
आज सबैभन्दा बढी राधि जलविद्युत् कम्पनीका लगानी कर्ताले कमाए भने सबैभन्दा बढी गुमाउनेमा सिनर्जी पावर कम्पनीका लगानीकर्ता रहेका छन्।