महुली लघुवित्तको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांस प्रताव गर्ने निर्णय गरेको छ। समितिले ३१ प्रतिशत लाभांस दिने प्रताव गरेको हो।
समितिको ९५ औं बैठकले गत आर्थिक वर्षको नाफबाट चुक्ता पूँजीको २० प्रतिशत हुन आउने २ करोड ४ लाख बराबरको बोनश शेयर प्रताव गर्ने निर्णय गरेको हो।
यस्तै, बैठकले ११.५७९ प्रतिशत कर प्रयोजनको लागि हुन आउने १ करोड १८ लाख १० हजार ५ सय ८० रुपैयाँ नगद लाभांशमा दिने निर्णय समेत गरेको छ ।
बैठकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईआगामी साधारण सभाले पारित गरेपछि मात्रै शेयर धनिले पाउँनेछन् ।
वित्तीय संस्थाको हालको चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ छ।